जोडिनुहोस

देश

सन्दीप आज यूएई जाँदै

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन १७, २०७९
सन्दीप आज यूएई जाँदै

काठमाडौं । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेका क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।

विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।

क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए ।
‘आईसीसीसँग कुराकानी भइरहेको छ । आज सन्दीपलाई यूएइ पठाउने चाहिँ निश्चित हो । उनको भिसा पनि आइसकेको छ,’ दासले भने ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए ।

आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन, तर क्यान विश्वस्त छ ।

भोलि नेपालको यूएईसँग दोस्रो महत्त्वपूर्ण म्याच छ । आज यूएई गए पनि सम्भवतः भोलिको म्याच छुटाउन सक्छन् । नेपालको १६ सदस्यीय स्क्वाडमा पहिल्यै रहेकाले सन्दीपलाई टिम ज्वाइन गर्न भने समस्या छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका