जोडिनुहोस
  • होमपेज
  • प्रहरीको गाडीबाटै भागेका बलात्कार आरोपी मुखिया ७२ घण्टापछि पक्राउ

प्रहरीको गाडीबाटै भागेका बलात्कार आरोपी मुखिया ७२ घण्टापछि पक्राउ

काठमाडौं । प्रहरीको भ्यानबाटै फरार भएका बलात्कार आरोपी ७२ घण्टापछि पक्राउ परेका छन् ।

धनुषा जिल्ला अदालतबाट दोस्रोपटक १० दिन म्याद थप गरेर फर्किंदै गर्दा फरार भएका सबैला नगरपालिका-१३ का राजाबाबु मुखिया मंगलबार राति सवा १२ बजे पक्राउ परेका हुन् ।

मुखियालाई धनुषाकै जनकनन्दनी गाउँपालिका-१ इनर्वास्थित भारतीय सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । म्याद थपका क्रममा भ्यानबाट नजिकैको नहरमा हाम फालेर फरार भएका मुखिया यही फागुन ५ गते पक्राउ परेका थिए ।

भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका