जोडिनुहोस
  • होमपेज
  • काठमाडौँ उपत्यकाका ६६ ठाउँमा होली केन्द्रित ट्राफिक चेक प्वाइन्ट

काठमाडौँ उपत्यकाका ६६ ठाउँमा होली केन्द्रित ट्राफिक चेक प्वाइन्ट

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको छ । उपयत्का सहित पहाडी जिल्लाहरुमा सोमबार होली मनाइँदै छ ।

उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले बताइन् ।

मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका