जोडिनुहोस
  • होमपेज
  • नुहाउने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

नुहाउने क्रममा नहरमा डुबेर दुई जनाको मृत्यु

बाँके । कोहलपुर नगरपालिका-१३ बन्दास्थित नहरमा नुहाउने क्रममा डुबेर मंगलबार दिउँसो २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका-१२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन् ।

नुहाउने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका