जोडिनुहोस
  • होमपेज
  • नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल्स सञ्चालक पक्राउ

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल्स सञ्चालक पक्राउ

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने सिटी टुर्स एन्ड ट्राभल्सु का सञ्चालक विनोद कार्की रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक एसपी रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजातसहित एक हजार पाँच सय १३ थान राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा तीमध्ये दुई सय ४६ वटाका कागजात नक्कली पाइएकोले कार्कीलाई पक्राउ गरेको उहाँले बताउनुभयो । ती व्यक्तिहरूको कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएको छ । नक्कली कागजातमा मानिस विदेश पठाउनका लागि एजेन्ट, कन्सल्टेन्सी तथा ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाई विदेश पठाउने गरेको खुल्न आएको एसपी रेग्मीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका