जोडिनुहोस
  • होमपेज
  • एनआरटी र आर्मीको रोमान्चक बराबरी

एनआरटी र आर्मीको रोमान्चक बराबरी

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबले रोमान्चक बराबरी खेलेका छन् ।

च्यासल मैदानमा आइतबार भएको खेलमा एनआरटी र आर्मीले ३-३ गोलको बराबरी खेलेका हुन् । रोमान्चक खेलमा सुरुआती अग्रता भने आर्मीले बनाएको थियो ।

खेलको १५ औं मिनेटमा नवयुगले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ५२ औं मिनेटमा लालनुनजामाले गोल गर्दै एनआरटीलाई १-१ गोलको बराबरीमा ल्याए ।

५७ औं मिनेटमा जिन एन्सर एमबोउमिले पेनाल्टीबाट गोल गर्दा एनआरटी २-१ ले अघि रह्यो ।

May be an image of 4 people, people playing football, people standing, grass and text that says 'N.R.T 15'

खेलको ६२ औं मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३-१ ले अघि रह्यो । खेलको ६८ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले फ्रिकिकमार्फत गोल गर्दै आर्मीलाई ३-३ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै एनआरटीले ३ खेलमा १ अंक जोडेको छ । एनआरटीले अघिल्लो २ खेलमा हार व्यहोरेको थियो ।

आर्मीको यो दोस्रो बराबरी हो । आर्मीले ३ खेलमा ५ अंक जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका