जोडिनुहोस
  • होमपेज
  • त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन गर्ने निर्णय

त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु निर्वाचन गर्ने निर्णय

काठमाडौँ । राजधानीको त्रिचन्द्र क्याम्पसमा आगामी चैत ९ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिचन्द्र बहुमुखी क्याम्पस निर्वाचन समितिले चैत ९ गते निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार आज बिहीबार मतदाता नामावली प्रकाशन गर्ने, चैत ३ गते मतदाता नामावली उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने, ४ गते मनोनयन पत्र वितरण गर्ने र सोही दिन उम्मेदवारी दर्ता कार्यतालिका रहेको छ ।

यसै प्रक्रिया पुरा भएपछि चैत ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जानकारी दिए ।

यसअघि त्रिचन्द्र क्याम्पसमा विद्यार्थीहरुबीच आपसी विवादका कारण उम्मेदवारी दर्ता हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका