जोडिनुहोस
  • होमपेज
  • स्क्रिप्ट हेरेर निर्देशकको मनले सोचेको दृश्य क्यामरामा कैद गर्न माहिर शुक्ला

स्क्रिप्ट हेरेर निर्देशकको मनले सोचेको दृश्य क्यामरामा कैद गर्न माहिर शुक्ला

काठमाण्डौ । नेपाली चलचित्र त्यसमाथि पनि प्राविधिक र छायाँकारको रुपमा काम गर्न निकै कठिन र जटिल छ । यसो त नेपाली चलचित्रको बजार निकै सानो क्षेत्र छ त्यसमाथी सानो बजेटमा बन्ने चलचित्रबाट यससँग जोडिने कसैलाई पनि पुग्ने गरि पारिश्रमिक नदिएको कुरा यताकता सुनिने गरिन्छ ।

त्यसमाथि कठिन नेपाली चलचित्रमा काम गर्ने अधिकांशहरु अध्ययन गरेर भन्दा पनि काम गर्दै जाँदा सिकेर चलचित्रमा काम गरिरहेको पाइन्छ । तर आलोक शुक्ला यस्तो नाम हो जसले यो चलचित्र छायाँङ्कनको नै अध्ययन गरेर आफुलाई अब्बल सावित गरेपछि मात्र नेपाली चलचित्रमा काम गरिरहेका छन । आलोक कपिलबस्तु मायादेवी गाउँपालिकाका बासिन्दा हुन । आफ्नो चलचित्र क्षेत्रमा लगाव भएकै कारण उनी यस विषयको अध्ययनको लागि भारत पुगेर फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट सिनेमेटोग्राफिमा स्नातकोत्तर गरेर नेपाल फर्किए । आँफुलाई अध्ययनबाट अब्बल सावित गरेका आलोकलाई आफ्नो काम गरेर त्यसको प्रमाणीत गर्नु थियो । उनले नेपाली चलचित्रको लागि करिव एक दशक भन्दा बढि समय काम गरिसकेका छन भने यो यात्रातय गर्दा सम्म उनले धेरै संघर्षका बाटाहरु पार गरिसकेका छन ।

उनले आफ्नो काम अरु भन्दा फरक र भिन्न तवरले गर्न रुचाउँछन । त्यो उनको कामबाट पनि देखिन्छ । पहिलो चलचित्र लाहुरेबाट काम सुरु गरेका शुक्लाले त्यस पछि अमेरिकन व्वाइज,सानो मन,लभ स्टेशन,तीन जन्तु,गुलावी,म राजेश हमाल,आँखा लगाएतका चलचत्रिमा आफ्नो कामको कुशलता प्रस्तुत गरिसकेका छन भने पछिल्लो समय निकै सम्भावना बोकेको चलचित्र नाङ्गो गाँउमा काम गरिरहेका छन ।

उनी भन्छन “सिनेम्याटीक लुकको सन्दर्भमा म सँधै दृश्यात्मक र भावनात्मक रुपमा आकर्षण वातावरण सिर्जना गर्ने प्रयास गर्छु । म भिजुअल मार्फत चलचित्रलाई जिवन्त बनाउने प्रयास गर्दछु । हरपल मेरा ध्यान सिनेमाको कथालाई पराण दिने गरि त्यो दृश्य कैद गर्न तर्फ केन्द्रित हुन्छ”

नेपालमा मात्र होइन आलोकले भारतीय केही चलचित्र र सिरियल किस्मतको केही सिरिजमा पनि काम गरेका छन । उनको त्यही काम देखेपछि नेपाली चलचित्रको लागि अफर आयो र त्यसपछि करिव एक दशक देखि निरन्तर यस क्षेत्रमा काम गरिरहेका छन । शुक्ला स्कृप्ट हेरेर निर्देशकको मनले सोचेको दृश्य क्यामरामा कैद गर्न माहिर छन ।

यो क्षेत्रमा अत्यन्तै मेहनत काम गरेर काम गर्नु पर्ने भए पनि सो अनुसारको पारिश्रमिक र समयमा पारिश्रमिक नपाउने समस्या धेरैले भोग्नु परेको उनको गुनासो छ । साथै सरकारले चलचित्र प्राविधिकहरुको लागि आवश्यक पूर्वाधार निमार्णमा पहल गर्नु पर्ने उनको भनाई छ । नेपाली चलचित्र त्यसमाथी पनि क्यामरा चलाएरै पनि व्यवसायिक बन्न सकिने आँट शुक्लामा रहेको छ ।

“आगामी दिनमा नेपाली चलचित्र हेर्ने दर्शकको भावनालाई बुझेर त्यस्ता दृश्य कैद गर्ने छु जुन दृश्यले चलचित्रलाइ मात्र होइन हाम्रो समाजलाई पनि आफ्नै कथा भएको महसुश गराउने छ”शुक्ला भन्छन । नेपाली चलचित्रको क्षेत्र सानो भए पनि नेपाली सिनेमालाई अत्याधिक माया गर्ने दर्शकका कारण राम्रो चलचित्र भयो भने त्यसले कमाइ पनि गर्न सक्ने शुक्लाको विश्वास छ । समाजमा भएका घटना र समाजले आफ्नो महसुश गर्न सक्ने गरि मौदिक चलचित्र निमार्ण तर्फ नेपाली सिनेमा जगतको ध्यान जान सक्यो भने चलचित्रको आगामी दिनहरु समेत उज्वल रहेको शुक्लाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका