जोडिनुहोस
  • होमपेज
  • जनगणनाः अविवाहित पुरुष ३८.२ र महिला २८.४ प्रतिशत

जनगणनाः अविवाहित पुरुष ३८.२ र महिला २८.४ प्रतिशत

काठमाडौं । शुक्रबार राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक भएसँगै मुलुकको जनसांख्यिय अवस्थाबारे विविध पक्षहरु उजागर भएका छन् ।

राष्ट्रिय जनगणनाको पूर्ण विवरणले मुलुकको जनसंख्या मात्रै नभई साक्षरताको अवस्थादेखि विदेश पलायन भएकाहरुसम्मको अवस्थालाई देखाएको छ ।

विवरणमा अपाङ्गता भएका नागरिक र आर्थिक उपार्जनमा सक्रियहरुको आंकडासमेत समावेश छ । राष्ट्रिय जनगणना २०७८ को विवरण अनुसार कस्तो छ त मुलुकको अवस्था रु

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ ।

– पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१

– महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७

– सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर

– सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप

– भौगोलिक क्षेत्रअनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४ सय ६० जना प्रतिवर्ग किलोमिटर

– सबैभन्दा कम जनघनत्व हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर

– सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा ५ हजार १ सय ६९ जना प्रतिवर्ग किलोमिटर

– सबैभन्दा कम मनाङ जिल्लामा ३ जना प्रतिवर्ग किलोमिटर

– देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९ सय ३७

– विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ९० हजार ५ सय ९२

– कुल जनसङ्ख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता

– अपाङ्गता भएका व्यक्ति मध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५.८ प्रतिशत

– ५ वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत

– पुरुषको साक्षरता दर ८३.६ प्रतिशत

– महिलाको साक्षरता दर ६९.४ प्रतिशत

– १० वर्ष वा सो भन्दा बढी उमेरका ६२.५ प्रतिशतले गणना भएको १२ महिना अगाडिको समयमा कुनै न कुनै आर्थिक काममा संलग्नता जनाएका छन् ।

– ३७.५ प्रतिशतले कुनै पनि आर्थिक काम गरेका छैनन् ।

– १० वर्ष वा सो भन्दा बढी उमेरका कुल जनसंख्याको ३३.१ प्रतिशत व्यक्तिहरु अविवाहित

– अविवाहित पुरुष ३८.२ प्रतिशत

– अविवाहित महिला २८.४ प्रतिशत

– साधारण मोबाइल फोन हुने परिवारको प्रतिशत ७३.१५

– मोबाइल फोन भएका परिवार ७२.९४ प्रतिशत

– कुल परिवारमध्ये ४९.३७ प्रतिशतमा टेलिभिजन

– ३७.७२ प्रतिशत परिवारमा इन्टरनेटको सुविधा उपलब्ध

२०७८ साल कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो । जसको पूर्ण विवरण शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका