जोडिनुहोस
  • होमपेज
  • सन्दीपविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित

सन्दीपविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । सन्दीप पक्षका वकिलले पेसी स्थगित गरेका हुन्। सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीशको बेन्चमा मुद्दा परेकाले उनको पक्षको कानुन व्यवसायीले पेसी स्थगित गरेका हुन् ।

जबर्जस्ती करणीको मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ सुरु हुने भनिएको थियो। फास्ट ट्र्याकबाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको थियो ।

शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनु नपर्ने आदेश गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका