जोडिनुहोस
  • होमपेज
  • कीर्तिपुरबाट २३ जना जुवाडे पक्राउ

कीर्तिपुरबाट २३ जना जुवाडे पक्राउ

कीर्तिपुरबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९ रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौंकै कीर्तिपुर नगरपालिका-१ अमृतनगर बस्ने ५१ वर्षीय भक्त बहादुर राईको टहरामा जुवातास खेलिरहेको अवस्थामा राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रुपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका