जोडिनुहोस
  • होमपेज
  • सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तान पनि सहभागी हुने !

सांघाई सहयोग संगठनको बैठकमा पाकिस्तान पनि सहभागी हुने !

नयाँ दिल्ली– भारतको अध्यक्षतामा भइरहेको सांघाई सहयोग संगठन (एससीओ) को आगामी राष्ट्रिय सुरक्षा सल्लाहकार बैठकमा सहभागी हुने निर्णय गरेको स्रोतले बताएको छ। यद्यपी पाकिस्तानको सहभागिताको टुंगो लाग्न बाँकी छ ।

यो बैठक आज (मार्च २९ ) मा भारतले नयाँ दिल्लीमा आयोजना हुँदैछ । एससीओमा चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, पाकिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तान गरी आठ देश रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बैठकमा सम्बोधन गर्ने सम्भावना पनि रहेको छ ।

बैठकमा पाकिस्तानी प्रतिनिधि पनि सहभागी हुने स्रोतले दाबी गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसअघि पाकिस्तानले वाराणसीमा आयोजना भएको एससीओ अन्र्तगत नै पर्यटन प्रमुखहरूको बैठकमा पनि भाग लिएको थियो।

यस्तै, एससीओ अन्र्तगत नै रक्षा मन्त्रीहरूको बैठक अप्रिलमा नयाँ दिल्लीमा र विदेशमन्त्रीहरूको बैठक मे महिनामामा गोवामा हुने तय भएको छ।

विदेशमन्त्री बिलावल एससीओ बैठकका लागि भारत जान इच्छुक रहेको स्रोतले दाबी गरेको छ । यदि पाकिस्तानले रक्षा र विदेश मन्त्रीहरूको बैठकमा भाग लिएभने पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पनि एससीओ शिखर सम्मेलनको लागि जुलाईमा भारत आउन सक्नेछन्।

पछिल्लो समय दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउने प्रयासका बाबजुद भारत र पाकिस्तानबीचको सम्बन्ध स्थिर छ। यदि पाकिस्तानले एससीओका लागि भारतमा उच्च स्तरको प्रतिनिधिमण्डल पठायो भने यसले द्विपक्षीय सम्बन्धमा कुनै नाटकीय परिवर्तन ल्याउन नसके पनि एक किसिमको तित्ततामा भने कमी आउनेछ ।

एससीओको मन्त्रीस्तरीय बैठक र शिखर सम्मेलनमा पाकिस्तानको सहभागिताबारे अन्तिम निर्णय भने अझै भईनसकेको स्रोतले दाबी छ । पाकिस्तानको सहभागिता बारे पाकिस्तानको राजनीतिक परिस्थितिमा पनि निर्भर हुने स्रोतको हवाला दिँदै ट्रिब्यूनले लेखेको छ । (एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका