जोडिनुहोस
  • होमपेज
  • स्वर्णिम वाग्लेले छाडे कांग्रेस

स्वर्णिम वाग्लेले छाडे कांग्रेस

काठमाडौं । चर्चित अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । बिहीबार कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, डा।शेखर कोइराला र गोविन्दराज पोखरेललाई एसएमएस पठाएर उनले आफूले कांग्रेस छाडेको घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘ प्रिय दाइ, हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ ।

यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नु हुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ । कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

स्वर्णिमको एसएमएस आएपछि महामन्त्रीद्वय र अरु नेताहरुले निरन्तर सम्पर्कको प्रयास गरेका थिए । तर स्वर्णिमसँग सम्पर्क हुन सकेन । उनले शेखरको फोनसमेत नउठाएको बताइन्छ । स्वर्णिम रास्वपाबाट तनहुँ २ को उपचुनावमा उम्मेदवार बन्ने मनस्थितिमा पुगिसकेका छन् । रास्वपाका महामन्त्री मुकुल ढकालले त्यसको संकेत गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका