जोडिनुहोस
  • होमपेज
  • पाइलट बिरामी भएपछि निगमको दुबई उडान रद्द, ५ सय ४३ यात्रु अलपत्र

पाइलट बिरामी भएपछि निगमको दुबई उडान रद्द, ५ सय ४३ यात्रु अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई ‘फुड प्वाइजन’भएपछि काठमाडौं–दुबई र दुबई–काठमाडौं गरी दुवैतर्फको उडान रद्द भएको छ ।

शनिबार राति १२ बजे दुबईका लागि उड्न लागेको आरए २२९ जहाजका को–पाइलट गोपालसिंह विष्ट बिरामी भएपछि उडान प्रभावित भएको हो । को–पाइलट बिरामी र अर्को जगेडा पाइलटको व्यवस्था नहुँदा बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रु अलपत्र परेका छन् ।

अन्तिम समयमा यात्रुहरूले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरेका थिए । उनीहरूलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटेलहरूमा राखिएको छ ।

दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि आउने तय भएका उडान (आरए–२३०) उडान पनि रद्द भएको छ । दुवै तर्फका ५ सय ४३ यात्रु अलपत्र परेको विमानस्थल स्रोतले बतायो ।

निगम प्रवक्ता अर्चना खड्काले को पाइलटको अस्वस्थता फ्लाइट हुन नसकेको जानकारी दिए । रद्द भएको उडान पुनः सुरु गर्ने प्रक्रियामा रहेको उनले बताए ।

निगमसँग दुइटा वाइडबडी विमानका लागि ६ जना को–पाइलट छन् भने ८ जना क्याप्टेन छन् । यो सङ्ख्या पर्याप्त नभएपछि जगेडा पाइलटको व्यवस्था हुन नसक्दा यात्रु अलपत्र पर्न बाध्य भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका