जोडिनुहोस
  • होमपेज
  • जम्मू कश्मीरकी वन्यजन्तु संरक्षक आलिया मिर सम्मानित

जम्मू कश्मीरकी वन्यजन्तु संरक्षक आलिया मिर सम्मानित

जम्मू– आलिया मिरलाई जम्मु–कश्मीर सरकारले वन्यजन्तु संरक्षण पुरस्कारबाट सम्मानित गरेको छ । उनी यो पुरस्कार पाउने यस क्षेत्रबाट पहिलो महिला बनेकी छन् । उनलाई जम्मु कश्मीरका लेफ्टिनेन्ट गर्भनर मनोज सिन्हाले वन्यजन्तु सम्मान प्रदान गरेका हुन् ।

आलिया मिरलाई कश्मीरमा भालुलगायत जंगली जनावरहरूको उद्धार र पासोमा परेका वन्यजन्तुलाई मुक्त गर्ने, घाइते जनावरको हेरचाह जस्ता वन्यजन्तु संरक्षणका कार्यका लागि सम्मान गरिएको हो । उनले वन्यजन्तु संरक्षणबारे जनचेतना जगाउन शैक्षिक क्षेत्रमा पनि जिम्मेवारी निर्वाह गर्दै आएकी छिन् ।

आलियाले चरा, एसियाटिक कालो भालु र हिमालयन ब्राउन भालुलगायत धेरै जङ्गली जनावरहरूको उद्धार गरिसकेकी छिन् । उनी सर्प समात्नका लागि प्रसिद्ध छिन्। उनले विभिन्न स्थानबाट सर्पहरू उद्धार गरी जंगलमा छोड्ने गर्दछिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका