जोडिनुहोस
  • होमपेज
  • जी–२०ः दोस्रो महिला सशक्तिकरण विकास बैठक केरलामा सुरु हुँदै

जी–२०ः दोस्रो महिला सशक्तिकरण विकास बैठक केरलामा सुरु हुँदै

नयाँ दिल्ली– भारतको अध्यक्षता जारी जी–२० सम्मेलन अन्तर्गत महिला सशक्तिकरण र प्रगति बैठक मङ्गलबार देखि केरलाको तिरुवनन्तपुरममा हुने भएको छ।

महिला सशक्तिकरणको पहिलो स्थापना बैठक फेब्रुअरी ११–१२ तारिखमा आगरा मा भएको थियो।

दुई दिनसम्म चल्ने बैठकले निजी क्षेत्रमा महिला नेतृत्व र सशक्तिकरणलाई गति दिने लक्ष्य राखेको छ । बैठकको उद्देश्य भारतको महिला नेतृत्वको विकास एजेन्डालाई अगाडि बढाउनु भएको महिला र बाल विकास मन्त्रालयले सोमबार एक विज्ञप्तिमा उल्लेख गरेको छ । महिला सशक्तिकरण सामाजिक न्यायको मात्र होइन, यो आर्थिक आवश्यकता पनि हो ।

विश्व अर्थतन्त्रमा आफ्नो मुख्य भूमिकालाई ध्यानमा राख्दै, जी–२० ले भविष्यको विश्वव्यापी आर्थिक वृद्धि र समृद्धिलाई सुरक्षित गर्न रणनीतिक भूमिका खेल्दछ। यसमा महिला सशक्तिकरण र लैङ्गिक समानता प्रदान गर्ने ठूलो सम्भावना रहेको विज्ञप्तिमा भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका