जोडिनुहोस
  • होमपेज
  • जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु

जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोले दुर्घटना हुँदा
चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका