जोडिनुहोस
  • होमपेज
  • बुद्ध एयरको जहाज भित्रै यात्रुहरुबीच कुटाकुट

बुद्ध एयरको जहाज भित्रै यात्रुहरुबीच कुटाकुट

काठमाडौं । विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ । बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेको विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो ।

उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्को रुप लिँदा कुटाकट भएको बताइएको छ । उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि बुद्ध एयरले ती दुई यात्रुलाई काठमाडौंस्थित विमानस्थलको सुरक्षा निकायलाई जिम्मा समेत लगाई सकेको छ । विमानस्थल सुरक्षा निकायले ती यात्रुलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालालाई बुझाएको हो ।

अहिले ती यात्रुहरु प्रहरी वृत्त गौशालामा राखिएको छ । बुद्ध एयरले घटनाको बारेमा बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो । ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ र ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ अनुसार उनीहरुलाई कारबाही हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थल सुरक्षा भड्किने गतिविधि गरेमा, फ्ल्याइटको सुरक्षालाई चुनौती हुने र फ्ल्याइटको नियम पालना नगर्ने यात्रुलाई सोही कानुन अनुसार कारवाही हुने सूचना अधिकारी ज्ञानेन्द्र भुलको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका