जोडिनुहोस
  • होमपेज
  • थ्री स्टारको जितमा मार्टिन्स निर्णायक

थ्री स्टारको जितमा मार्टिन्स निर्णायक

काठमाडौं । थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौंथो जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै थ्री स्टारले चौंथो जित निकालेको हो ।

थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । मार्टिन्सले ६५ औं मिनेटमा अशोक खवासको पासमा गोल गरे ।

जितसँगै थ्री स्टारले ८ खेलमा १४ अंक जोडेको छ । पुलिसको यो छैटौं हार हो । पुलिस ४ अंक जोडेर १३ औं स्थानमा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका