जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

काठमाडौँ— सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु पर्वका रुपमा मनाउने गरेका छन् ।

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिकताअनुसार बिसु पर्व मनाइने गरिन्छ

सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भइ मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने गरिएको पाइन्छ ।

सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर बिसु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजुले एकापसमा सिस्नो लगाएर पनि नयाँ वर्ष तथा बिसु पर्व मनाउने गरेका छन् । आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका