जोडिनुहोस
  • होमपेज
  • भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्‍याउन सरकार असफल ; सभापति लामिछाने

भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्‍याउन सरकार असफल ; सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल खोलेर निष्कर्षमा पुर्‍याउन सरकार असफल भएको बताएका छन् ।

रास्वपा काठमाडौं क्षेत्र नम्बर २ ले बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा लामिछानेले सरकारले भ्रष्टाचारको फाइल खोल्न आँट गरेपनि निष्कर्षमा भने पुराउन नसकेको बताएका हुन् । भ्रष्टाचारको फाइल खोल्दा आफ्नै मान्छेको अनुहार देखेपछि पहिलो देखि दोश्रो पन्ना पल्टाउन नसकेको उनले बताए ।

सभापति लामिछानेले आगामी निर्वाचनपछि भ्रष्टाचारको फाइलको धुलो टक्टक्याएर पहिलो पन्नादेखि नै अनुसन्धान गर्ने र कसैको मुख नहेरि कारवाही गर्ने जिकिर गरे । उनले कोशी प्रदेशमा महागठबन्धन बनेसंगै अव सैद्धान्तिक रुपमा मात्रै नभइ व्यवहारिक रुपमा नै रास्वपा देशको एक मात्रै प्रतिपक्षी दल भएको बताए । त्यस्तै लामिछानेले रास्वपालाई विदेशीको इशारामा चलेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिए ।

नेपाली माटोमा नेपाली जनताले माया गरेर हुर्काएको रास्वपाले कसैको जुठोपिरो नखाने उनले बताए । त्यस्तै उनले नेपाली जनताको हित र मुद्दामा रास्वपाले कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका