जोडिनुहोस
  • होमपेज
  • महोत्तरीको बल्वा नगरपालिकामा उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

महोत्तरीको बल्वा नगरपालिकामा उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै कर्मचारी आन्दोलित

महोत्तरी – महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरू आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधतमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।

४ वैसाखमा बसेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उपप्रमुख देवीले आफ्नो जिम्मेवारीमा प्रमुख प्रशासकीय अधिकृतले हस्तक्षेप गरेको भन्दै बोतल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाएर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उनीहरूले घटनामा संग्लन व्यक्तिहरू र उपप्रमुखलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र संग्लन व्यक्तिहरूलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका