जोडिनुहोस
  • होमपेज
  • बङ्ग्लादेशसँगको खेलमा २९ रन बनाउँदा नेपालका ३ खेलाडी आउट

बङ्ग्लादेशसँगको खेलमा २९ रन बनाउँदा नेपालका ३ खेलाडी आउट

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको ुसुपर सिक्सु मा नेपालले अहिले बङ्ग्लादेशसँग खेलिरहेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म १३ ओभरमा ३ विकेट गुमाएर ४१ रन बनाएको छ । नेपालले ८ ओभर ३ बलमा २९ रन बनाउँदा तेस्रो विकेट गुमाएको थियो । नेपालका अर्जुन कुमाल १४, आकाश त्रिपाठी ३ र विपिन रावल २ विकेट गुमाएर आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी छन् ।

ुसुपर सिक्सु को अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर ुसुपर सिक्सु का खेलअघि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । ुसुपर सिक्सु मा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो । सुपर सिक्सु को समूह ए मा भारत र पाकिस्तानको समान ६र६ अङ्क भएको छ । समूहु ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका