जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाएनन् । योसँगै प्रदेशमा सबैभन्दा ठूलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ ।

सोमबार प्रदेशसभाकाो बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो । प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।

सभामुख घर्तीले यो सँगै सदनको बैठक अर्को सूचनामार्फत बोलाउने भन्दै स्थगित भएको जानकारी गराएका छन् । चैत १२ गते लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

गिरीले विश्वासको मत गुमाएसँगै धारा २ अनुसार नयाँ सरकार बन्ने प्रक्रियामा जाने बताएपनि एमाले संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत नपाए धारा ३ अनुसार ठूलो दलको हैसियतमा दाबी गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका