जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? : रवि लामिछाने

प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न हाइप्रोफाइललाई कानुनी दायरामा ल्याउन भइरहेको ढिलाइप्रति कटाक्ष गरेका छन् ।

उनले सरकारले भ्रष्टलाई कारबाही गर्न आलटाल गरे रास्वपा चुप लागेर नबस्ने चेतावनी दिएका छन् । खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको जगजाहेर तान्डवलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन। यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला’, उनले सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।

उनले प्रधानमन्त्रीलाई एउटै फाइलले ज्वरो बढाएको भन्दै आलोचना गरेका छन् । ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस ’, उनले भनेका छन् ।

यद्दपी भुटानी शरणार्थी प्रकरणमा आज मात्र पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका