जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार तीन खेलहरु हुँदैछन् ।

लिगको दोस्रो लेग अन्तर्गत शुक्रबार तीन खेलहरु हुँदैछन् । जसमा दुई दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र आर्मीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

खुअल्टर आज छैटौं जितको योजनामा हुनेछ । खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ ।

आर्मी सातौं जितको खोजीमा हुनेछ । आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज दशौँ जितको योजनामा छ । चर्च ब्वाइज १८ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

पुलिस सातौं जितको योजनामा रहेको छ । पुलिस १८ खेलमा २२ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ । हिमालयन र एपीएफबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

हिमालयन आज छैटौं जितको खोजीमा हुनेछ । हिमालयन १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

एपीएफ सातौं जित निकाल्न चाहन्छ । एपीएफ १८ खेलमा २२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका