जोडिनुहोस
  • होमपेज
  • काभा महिला भलिबल : नेपाल र भारत भिड्दै

काभा महिला भलिबल : नेपाल र भारत भिड्दै

काठमाडौं । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज बुधबार भारतको सामना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा नेपालले भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा नेपालले किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई सोझो सेटमा हराएको थियो ।

नेपाल आज भारतलाई हराएर समूह विजेता बन्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ । दुई खेल जितिसकेको नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुगिसकेको छ ।

भारत पनि दुई खेल जित्दै सेमिफाइनल पुगिसकेको छ । घरेलु टोलीलाई हराएर भारत समूह विजेता बन्न चाहन्छ ।

यस समूहबाट बंगलादेश र किर्गिस्तान समूह चरणबाट बाहिरिसकेको छ ।

यस्तै समूह ‘बी’ बाट काजकिस्तान र उज्वेकिस्तानले अन्तिम चारमा स्थान बनाएका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार बंगलादेश र किर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै उज्वेकिस्तान र काजकिस्तान तथा श्रीलंका र माल्दिभ्सबीच समेत प्रतिस्पर्धा हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका