जोडिनुहोस
  • होमपेज
  • नेपाल र उज्वेकिस्तान भिड्दै

नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले आज आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा नेपालले आज तेस्रो स्थानको लागि उज्वेकिस्तानसँग खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने नेपाल उज्वेकिस्तानबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।

आज नेपाल उज्वेकिस्तानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । उज्वेकिस्तान पनि नेपाललाई हराएर तेस्रो बन्न चाहन्छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा काजकस्तानसँग पराजित भएपछि नेपालले तेस्रो स्थानको लागि खेल्न लागेको हो । उज्वेकिस्तान भने भारतसँग पराजित भएको थियो ।

उपाधिका लागि भारत र काजकस्तान भिड्ने छन् । फाइनल खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका