जोडिनुहोस
  • होमपेज
  • कोशी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

कोशी प्रदेशको बजेट अधिवेशन सुरु हुँदै, प्रदेश सभा घेर्ने पहिचानवादीको तयारी

विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन आज दिउँसोदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक २ बजेका लागि बोलाइएको छ ।

प्रदेशको बजेट अधिवेशनलाई लक्षित गर्दै पहिचानवादीहरुले भने आज बिहानैदेखि प्रदेश सभा भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन् ।

गत फगुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । प्रदेश १ पुन: नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दाेलनमा उत्रिएका पहिचानवादीले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेको हो ।

पहिचान आन्दोलनका नेता प्रेम येक्तेनले प्रदेश सभा भवन घेर्ने तयारी गरेको बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । प्रदेशको नाम संसोधन गर्ने थलो प्रदेश सभा नै रहेकाले प्रदेश सभा केन्द्रित आन्दोलन सुरु गरेको  उनकाे भनाइ छ ।

प्रदेश सभा अधिवेशनको प्रथम बैठककाे कार्यसूची तयार  भइसकेकाे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनका अनुसार प्रदेश प्रमुखले पठाएकाे पत्र सुनाएपछि केही प्रदेश ऐन संसाेधन विधेयक पेस हुनेछ । प्रदेश सरकारले जारी गरेकाे २ वटा अध्यादेश टेवल गर्ने र दलका  तर्फबाट सम्बाेधन गर्ने कार्यसूची पनि छ ।

गत फागुन १७ गते नाम राखेपछि स्थगित भएकाे प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । नामाङ्कनपछि पहिलाे पटक आज बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालयले भने पहिचानवादीको आन्दोलनलाई मत्थर बनाउन शनिबारदेखि नै विराटनगर क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका