जोडिनुहोस
  • होमपेज
  • चितुवाको आक्रमणबाट एक बालिका घाइते

चितुवाको आक्रमणबाट एक बालिका घाइते

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी बर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।

शनिवार साँझ ६ः४५ बजे आफ्नै घरको आँगनमा खेलिरहेको चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ल प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । घर देखि १० मिटर लगेको अवस्थामा निजकै वुवाले थाहा पाई तत्काल उद्धार गरेको प्रनाउ खाँडले जानकारी दिए ।

घाइते बालकको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सय तनहुँमा प्राथमिक उपचार पश्चात् थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका