जोडिनुहोस
  • होमपेज
  • प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, वानेश्वरमा बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअघि हिजो बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

3366

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका