जोडिनुहोस
  • होमपेज
  • कलङ्कीमा ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौँ । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी समाचार कक्षले जनाएको छ ।

आइतबार दिउँसो कलङ्की चोकमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९४१ नम्बरको ट्रकले बाग्मती प्रदेशको ०२–००४ प ४७०३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार राउत गम्भीर घाइते भएका थिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका