जोडिनुहोस
  • होमपेज
  • क्यानडामा ५० वर्ष यताकै भारी वर्षा, ४ जना बेपत्ता

क्यानडामा ५० वर्ष यताकै भारी वर्षा, ४ जना बेपत्ता

ओटोवा । क्यानडाको नोभा स्कोटिया क्षेत्रमा भएको भारी वर्षापछि दुई बालबालिकासहित चारजना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार एटलान्टिक क्षेत्रमा ५० वर्ष यताकै भारी वर्षाका कारण आएको बाढीले हजारौँ घर विद्युत‍्विहीन बनेका छन् ।

केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी मात्र २४ घण्टाको अन्तरमा परेको थियो । जोखिमपूर्ण अवस्थाको कारण सर्वसाधारणहरूलाई खोजी तथा उद्धार कार्यमा समावेश नहुन अपिल गरिएको छ ।

प्रहरीका अनुसार हराइरहेका दुई बालबालिका कारमा रहेका थिए । उक्त कार बाढीमा डुब्न पुगेको थियो । कारमा रहेका अन्य तीन जना भने पौडेर बाँच्न सफल भएका थिए ।

त्यस्तै, अन्य दुई जना सवार कार पनि बाढीको चपेटामा आएपछि हराइरहेका छन् । उक्त कारमा सवार अन्य दुई जनाको भने उद्धार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका