जोडिनुहोस
  • होमपेज
  • टेकु अस्पताललाई ३०० शय्यामा विस्तार गरिने, ४६ करोड विनियोजन

टेकु अस्पताललाई ३०० शय्यामा विस्तार गरिने, ४६ करोड विनियोजन

काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पताल लाई तीन सय शय्यामा विस्तार गर्ने जनाएको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले टेकु अस्पतालाई तीन सय शय्यामा विस्तार गर्ने जनाएका हुन् ।

यद्यपि, मन्त्री महतले टेकु अस्पताल विस्तार पुरानै कार्यक्रमलाई निरन्तरता दिएका हुन्। त्यसैगरी, पोखरा, सुर्खेत, भरतपुर र डोटी निर्माण भइरहेको प्रादेशिक सरुवा रोग अस्पताल आगमी बर्ष सम्पन्न भई सञ्चालनमा ल्याउने मन्त्री महतले जानकारी दिए ।

सरुवा रोग अस्पतालको लागि ४६ करोड विनियोजन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका