जोडिनुहोस
  • होमपेज
  • यसपटक पनि गृहमन्त्रीको दलाली गर्नेहरूले नै विभूषण पाउने निश्चित छः प्रकाश रायमाझी

यसपटक पनि गृहमन्त्रीको दलाली गर्नेहरूले नै विभूषण पाउने निश्चित छः प्रकाश रायमाझी

काठमाडौं – राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रत्येक वर्ष असोज ३ गते संविधान दिवसको अवसरमा प्रदान गरिने विभुषणको बारेमा असन्तृष्टि जनाएका छन् ।

गृह मन्त्रालयको सिफारिसमा विभिन्न व्यक्तिहरुलाई मानपदवि विभूषण तथा अलंकार योग्य व्यक्तिले मात्र पाउनुपर्ने उहाँको भनाइ छ । रायमाझीले आज एक विज्ञप्ती जारी गर्दै लेखेका छन्,“देशको सबै जिल्ला प्रशासन कार्यालयहरूबाट सिफारिस भई गृहमन्त्रालयमा पठाउने व्यवस्था छ । तर हरेक वर्ष विभुषित हुने योग्य व्यक्तिहरु छुट्दै आएका छन् । भनसुन, दलाली गर्ने र नजराना चढाउने व्यापारिक तथा अपराधजन्य कार्यमा समेत मुछिएका व्यक्तिहरु विभूषित हुनेगर्छन् ।”

बिभुषण समितिको सिफारिसमा मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपतिको नामबाट घोषणागर्ने व्यवस्था भएपनि इमान्दार योग्य व्यक्तिले विभूषण पाउने अवसर भने अहिलेसम्म नपाएका लेखक रायमाझीको तर्क छ । “यसपटक पनि गृहमन्त्रीको दलाली गर्नेहरूले नै विभूषण पाउने निश्चित छ ।

त्यस्तै रकम बुझाउने अनि गृहसचिवका चाकरी गर्नेहरूले पनि यसपटक पनि अवसर पाउने नै छन् ।”रायमाझीले लेखेका छन्,“राज्यकोषबाट करोडौं रुपमा खर्च गरेर कथित नेताहरूलाई समेत विभिन्न रत्न तथा अमुल्य धातु जडित विभूषणहरुबाट सुशोभित गरिएको देख्दा देशको बेइज्जत भएको महसुस भएको छ । निस्वार्थ भावनाले देशभक्तिमा ओतप्रोत भएका व्यक्तिहरू भने यसपल्ट पनि प्राप्त गर्नेमा पर्ने छैनन्।”

नागरिक समाजले यस्ता विभूषण लगाउने व्यक्तिहरू कर्मचारी वा जो व्यक्ति भएपनि सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने उनको भनाइ छ । देशको लागि कुनै योगदान नगर्नेहरुलाई जनताले तिरेको करबाट बनाइएका विभुषण लगाउने अधिकार नभएको उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका