जोडिनुहोस
  • होमपेज
  • आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्य सूची तय गर्दै तोलामा ५०० रुपैयाँले मूल्य बढेको जनाएको हो । नेपाली बजारमा हिजो बुधबार पनि सुनको मूल्य बढेको थियो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९०० कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य बढेको दिन चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १४ सय १० रुपैयाँ पुगेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका