जोडिनुहोस
  • होमपेज
  • बिहेको प्रस्ताव अस्वीकार गरेपछि एक युवाले गरे प्रेमिकासहित काकाको हत्या

बिहेको प्रस्ताव अस्वीकार गरेपछि एक युवाले गरे प्रेमिकासहित काकाको हत्या

रुपन्देही । आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेर आलटाल गरेको झोँकमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् । प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।

अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो । चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध थियो।

मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । दुवैबीच यही विषयमा विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन्।

सोही विषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगेर बदला लिएको प्रारम्भिक अवस्थामा भेटिएको घलेले बताए ।

बिहान ८ बजेतिर मोहन अन्जनीको घरमा पुगेको र चक्कु प्रहार गरेर उनलाई घाइते बनाएपछि जोगाउन पुगेका काकालाई पनि प्रहार गरेका थिए, स्थानीयले मोहनलाई घेरेर प्रहरीलाई खबर गरेपछि इप्रका कोपवाको प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका