जोडिनुहोस
  • होमपेज
  • भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु

भूकम्पका गम्भीर घाइतेलाई नेपालगञ्ज ल्याउन सुरु

नेपालगञ्ज। जाजरकोट केन्द्रबिन्दु भएर गएराती गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि नेपालगञ्ज ल्याउन सुरु गरिएको छ । केही घाइतेलाई नेपालगञ्ज ल्याई उपचार सुरु गरिएको छ ।

भूकम्प जाने बित्तिकै जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षतिसँगै थुप्रै मानिसहरू घाइते भएकाले प्रारम्भिक उपचारपछि नेपालगञ्ज ल्याउन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

भूकम्पमा परी गम्भीर घाइते जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्कीको भेरी अस्पतालमा पहिलो बिरामीको रुपमा उपचार शुरु भएको अस्पतालले जनाएको छ ।

भूकम्पमा परी गम्भीर घाइतेहरूको उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर शिक्षण अस्पतालमा आवश्यक पूर्व तयारी तथा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका