जोडिनुहोस
  • होमपेज
  • भारतीय नक्साबारे राम्रो कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

भारतीय नक्साबारे राम्रो कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले नयाँ संसदमा राखेको नयाँ नक्साबारे आफूले भारतीय पक्षसँग कुरा गरेको प्रष्टीकरण दिएका छन् ।

भारतको नयाँ संसदमा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तुसहितको नक्सा राखेपछि नेपालमा विरोध भएको थियो । सोही चासोबारे प्रधानमन्त्री प्रचण्डलाई सांसदहरुले सोधेको प्रश्न दिँदै प्रधानमन्त्रीले आफूले त्यहाँ गएर मोदीसँग बसेर हात हल्लाएको भन्ने सांसदहरुको भनाई सत्य नभएको जवाफ दिए ।

‘भारतीय नयाँ संसद् भवन अगाडिको नक्साको बारेमा के गरिस् ? त्यहाँ गएर मोदीसँग बसेर हात हल्लाएर फोटो खिचिस् भन्नुभयो’,संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले भने, ‘मलाई त आश्चर्य पनि भयो । म त्यो नयाँ संसद् भवन अगाडि गएकै छैन । मोदी र म त्यहाँ पुगेकै छैनौं । देखेको पनि छैन, मैले टिभीमा मात्रै देखेको हो । त्यो नि नेपालमै देखेको हो । ’

उनले त्यो नक्सा अगाडि गएर मोदीजी र आफूले हात हल्लायौ भनेको शतप्रतिशत झुटो भएको बताए । ‘यो स्पष्ट होस् यो विषयमा भारतमा कुरा गरेन भन्ने कुरा पनि सत्य होइन’, उनले थप भने, ‘मैले कुरा गरेँ । उहाँहरूको सांस्कृतिक ऐतिहासिक हो भन्ने तर्क छ । मैले कैयौँ राजनीतिक विषयमा छलफल भयो ।’

प्रधानमन्त्रीले आफूलाई अहिले अप्ठेरोमा पार्न खोजिएको भन्दै त्यस्तो नठान्न आग्रह गरे ।

‘मलाई अहिले तपाईँहरूले धेरै अप्ठेरोमा पारेर कुचुक्क पार्दिए फाइँदा हुन्छ कि भन्ने नठान्नुहोला । मलाई थाहा छ हाम्रो राष्ट्रको संवेदनशीलता र राष्ट्रिय हित स्वाधीनता, कालापानी लिपुलेक र लिम्पियाधुराको कुरा गर्दा कसरी पारित गर्‍यौँ हामी सबैलाई थाहा छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका