जोडिनुहोस
  • होमपेज
  • गर्मीको बेला लोडसेडिङ नगर्न र विद्यालयमा जस्तापाताका छाना हटाउन सांसदरुको माग

गर्मीको बेला लोडसेडिङ नगर्न र विद्यालयमा जस्तापाताका छाना हटाउन सांसदरुको माग

काठमाडौं । सांसद तेजुलाल चौधरीले तराई मधेशका सामुदायिक विद्यालयहरुमा जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका छन् ।

गर्मीको बेला जस्तापाताको छानोले विद्यार्थी, शिक्षक र कर्मचारी झन् बढी प्रभावित हुने भन्दै उनले जस्तापाताको छानो हटाएर ढलान गर्न माग गरेका हुन् ।

बिहीबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भने, ‘तराई मधेशका सामुदायिक विद्यालयहरुमा ९० प्रतिशत जस्तापाताको छाना छ । त्यो जस्तापाताको सट्टा ढलान गर्न जोडदार माग गर्दछु ।’

चौधरीले जस्तापाताको छानो हुन्जेल पंखा र बिजुलीको व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराए । उनले आन्दोलनरत नेपाल कर्मचारी परिषदका माग सम्बोधन गर्न पनि माग गरे ।

शून्य समयमा बोल्ने सांसदहरुले गर्मीको सयमा छिनछिनमा लोडसेडिङ हुने गरेको भन्दै बिजुलीको नियमित आपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेका छन् ।

सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेशनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरे ।

यसैगरी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरिन् । नारायणी अस्पतालमा उपचारका लागि आउने विरामीहरु बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरु सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको भन्दै उनले ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका