जोडिनुहोस
  • होमपेज
  • बुहारीको हत्या आरोपमा सासूससुरासहित तीनजना पक्राउ

बुहारीको हत्या आरोपमा सासूससुरासहित तीनजना पक्राउ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–१ गोप्कामा बुहारीको हत्या आरोपमा सासूससुरासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । २७ वर्षीया कविता बुढाको हत्याको घटनामा संलग्नरहेको भन्दै ससुरा डिल्लीसिंह बुढा, सासू लहरी बुढा र जयवीर बुढालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लहरीलाई घरबाटै र डिल्लीलाई भजनीको सीमावर्ती क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा जेठ २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिल्लीसिंह र लहरीको घटना प्रत्यक्ष संलग्न रहेको र जयवीरले घटनापछि फरार भएका डिल्लीलाई लुकाईछुपाई राख्न सहयोग गरेको प्रारम्भिक अनुसन्धान खुलेको प्रहरीको भनाइ छ ।

जेठ १८ गते राती चिर्पटले हिर्काएर हत्या गरेकी कविताको गाउँ नजिकै सामुदायिक वनमा खाल्डोमा पुरिएको अवस्थामा जेठ २३ शव भेटिएको थियो । हत्यापछि सासू सुसुरा मिलेर कविताको शवलाई डोको बोकेर जंगलमा गाडिएको र रगत लागेका कपडा, डोको, फरुवासमेत पुरेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका