जोडिनुहोस
  • होमपेज
  • अनामनगरमा महानगरले चलायो डोजर, स्थानीय विरोधमा

अनामनगरमा महानगरले चलायो डोजर, स्थानीय विरोधमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको सार्वजनिक जग्गामा डोजर चलाएको छ । सोमबार बिहान अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयबीचमै विरोध सुरु भएको छ ।

एक पक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन् । स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ ।

सो ठाउँमा काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ । अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ । स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन् ।

उनीहरुले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने, तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको तर्क छ । स्थानीयहरुले वडा कार्यालयबाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरुको समर्थन रहने प्रतिवद्धता जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका