जोडिनुहोस
  • होमपेज
  • प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक धरौटीमा रिहा

प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक धरौटीमा रिहा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी एक कार्यक्रममा नाराबाजी गर्ने तीन युवा धरौटीमा रिहा भएका छन् । चैत ७ गते प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीनजना मंगलबार धरौटी बुझाएर रिहा भएका हुन् ।

रिहा हुनेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का छन् । उनीहरुलाई अभद्र व्यवहार मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ गते पाँच हजार धरौटी तोकेका थिए । धरौटी जम्मा गर्न नसकेपछि तीनैजनालाई केन्द्रीय कारागार चलान गरिएको थियो ।

मंगलबार धरौटी बुझाएपछि उनीहरुलाई रिहा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका