जोडिनुहोस
  • होमपेज
  • २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

महोत्तरी । २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बर्दिबास नगरपालिका-१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई प्रहरीले पक्राउ गरेको हो ।

थिङले ती महिलालाई बर्दिबास नगरपालिका-१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका