जोडिनुहोस
  • होमपेज
  • गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख भारु जरिवाना

गुजरात टाइटन्सका कप्तान गिललाई १२ लाख भारु जरिवाना

इन्डियन प्रिमियर लिग ९आईपीएल०अन्तर्गत गएरातिको खेलमा ढिलो खेलेपछि गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई १२ लाख भारु जरिवाना भएको छ । चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समयभन्दा एक ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् ।

गएरातिको खेलमा गुजरात चेन्नईसँग ६३ रनले पराजित भएको थियो । गुजरातले पहिलो खेलमा भने मुम्बई इन्डियन्सलाई छ रनले हराएको थियो । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका