जोडिनुहोस
  • होमपेज
  • माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले माओवादीलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए । अब पार्टीमा कसैलाई काखा र पाखा नगरिने भन्दै श्रेष्ठले साझा पार्टी बनाउने अभियानमा खट्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

सरकारले अव भ्रष्टाचारी कसैलाई नछोड्ने भन्दै उनले आफै पार्टीका नेता कार्यकर्ता भए पनि कानुनी कठघरामा उभ्याइने दाबी गरे ।

सरकारलाई असफल बनाउन चौतर्फी षडयन्त्र भएको भन्दै उनले षडयन्त्र चिर्दै सरकारलाई सफल बनाएरै छाड्ने प्रण गरे ।

सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पार्टी सङ्कटमा परेको बेला डिआर पौडेलले अग्र भागमा रहेर समाधान खोज्ने गरेको स्मरण पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका