जोडिनुहोस
  • होमपेज
  • ९ अंकले बढेर नेप्से सूचक २१ सय ५४ अंकको विन्दुमा

९ अंकले बढेर नेप्से सूचक २१ सय ५४ अंकको विन्दुमा

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ९ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ९.९१ अंकले बढ्दै २१ सय ५४.०७ अंकको विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिन ४७.०७ अंकले बढ्दै नेप्से सूचक २१ सय ४४.१६ अंकको विन्दुमा अडिएको थियो ।

यद्यपि, अघिल्लो दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुँदै गर्दा आज बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज बैंकिङ, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक बढ्दैगर्दा यता डेभलपमेन्ट बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।

आज पनि बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा लार्ज क्याप फन्डको मूल्य ५.१४ प्रतिशतले घटेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका