जोडिनुहोस

देश

एनएसएल मंसिर ९ बाट

  • Sagarmatha TV
  • बिहिबार, जेष्ठ ३२, २०८०
एनएसएल मंसिर ९ बाट

काठमाडौं । दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को मिति घोषणा भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले बिहीबार एनएसएलको मिति घोषणा गरेको हो । नयाँ संस्करणको एनएसएल आगामी मंसिर ९ देखि पुस २१ गतेसम्म हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको छलफलपछि आयोजकले मिति घोषणा गरेको हो ।

एन्फाले एनएसएल आयोजना गर्न आयोजकसँग गत पुसमा आठ वर्षको सम्झौता गरेको थियो ।

एनएसएलमा यस पटक १० टिमले प्रतिस्पर्धा गर्ने छन् । यस वर्ष तीन टिमलाई थप गर्दै एनएसएलले प्रतियोगिता खेल्ने टिमको संख्या १० पुर्याईएको हो ।

यस पटक विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेचीको सहभगिता हुनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका