जोडिनुहोस
  • होमपेज
  • साढे ४ किलो गाँजासहित भक्तपुरमा एक जना पक्राउ

साढे ४ किलो गाँजासहित भक्तपुरमा एक जना पक्राउ

काठमाडौं । भक्तपुरमा प्रहरीले साढे ४ किलो गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको मंगलटार घर भइ भक्तपुरको मंगलाछे बस्ने २३ वर्षका अभी तामाङ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार बिहीबार राति मंगलाछेमा प्रहरी प्रभाग दरवारस्क्वारबाट खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा तामाङलाई सोधपुछ तथा चेक गर्दा ४ किलो ५२० ग्राम फेला परेको हो ।

उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका