जोडिनुहोस
  • होमपेज
  • केन्द्रको सत्ता समीकरण जोगिन्छ : योगेश भट्टराई

केन्द्रको सत्ता समीकरण जोगिन्छ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले सुदूरपश्चिमको सरकार फेरिनु कुनै अनौठो नभएको बताएका छन् । संघीय संसदमा राष्ट्रपतिको सम्बोधनपछि बोल्दै उनले संविधान अनुसार नै प्रदेश सरकार परिवर्तन भएको पनि बताए । एमाले सचिव समेत रहेका भट्टराईले प्रदेशको सरकार परिवर्तन हुँदैमा केन्द्रको गठबन्धनमा कुनै असर नगर्ने पनि बताए ।

‘प्रदेशको सरकार परिवर्तन भएर केन्द्रको गठबन्धनमा पहिरो जाँदैन । केन्द्रको सत्ता समीकरण जोगिन्छ’, भट्टराईको भनाइ छ । यद्यपि नेता भट्टराईले विश्वासको मत लिने क्रममा सुदूरपश्चिम प्रदेश सभाका सभामुखले मत विभाजनमार्फत निर्णय गर्नुपर्ने भएपनि ध्वनी मतका आधारमा निर्णय गरेकाले त्यो विषय सोचनीय भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका